महत्वपूर्ण पद र भावी रणनीति तय गर्न एमाओवादी बैठक वस्दै

जेठ ९, काठमाडौ– एमाओवादी केन्द्रिय समितीको बैठक आज पनि वस्दैछ । पार्टीका महत्वपूर्ण पदको छलफल तथा भावी रणनीति तय गर्न एकीकृत नेकपा माओवादीको केन्द्रिय समितीको बैठक वस्न लागेको हो । बिहान ११ बजे पार्टी मुख्यालय पेरिडाडाामा बस्ने बैठकमा संबिधानसभाको उपनिर्वाचनका लागी ४ क्षेत्रका उमेदबारको टुङगो लगाउने पनि माओबादीले जनाउको छ ।
हिजोको लागी बोलाइएको बैठक संविधानसभा बैठकसंग जुधेकाले परेकाले समय अभाव हुने भन्दै आज सम्मका लागी स्थगीत गरीएको थियो ।
हिजोको बैठकमा पार्टीमा फरक मत राख्दै आएका नेता बाबुराम भट्राई पुन क्रेन्द्यि मसीतिमा फकिएको जानकारी गराउदै अध्यक्ष प्रचण्डले त्यसलाई ऐतीहासिकको संज्ञा दिनुभएको थियो । उता असन्तुष्ट नेता भढ्राइले भने सङ्गठनात्मक सिद्धान्त, कार्यदिशा र विचार बारे खुला बहस गर्न, एक वर्षभित्र महाधिवेशन गर्न र पार्टीलाई रुपान्तरण गर्ने शर्तमा आफूहरु केन्द्रीय समितिमा फर्किएको जानकारी गराउनु भएको थियो ।