आन्दोलनका कार्यक्रम सार्वजनिक

जेठ ९, काठमाडौ– निजी विद्यालयहरूले सर्वोच्च अदालतको आदेशविपरीत शुल्क वृद्धि गरिएको भन्दै नेकपा–माओवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीले   आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । दाश्रो चरणको कार्यक्रम अन्र्तगत आज जिल्ला शिक्षा कार्यालयमा धर्ना दिने भएको छ ।

निजी विद्यालयले विद्यार्थीको ढाड भााच्चिने गरी शुल्क वृद्धि गरेकाले यो अविलम्म समायोजन गर्न दबाब दिन साता ब्यापी बिरोधका कार्यक्रम आयोजना गरेको क्रान्तिकारीका कोषाध्यक्ष लालबहादुर तामाङले जानकारी दिनुभयो । क्रान्तिकारीले संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ बमोजिम हाललाई शुल्क वृद्धि नगर्न सर्वोच्च अदालतले गत चैत ५ मा दिएको आदेशको पालना नभएको बताउदै आएको छ । क्रान्तिकारीले हिजो शुल्क बृद्धिका बिषयमा शिक्षा कार्यालयमा उजुरी समेत दिएको छ ।