न्यायाधीशको सुनुवाई आजबाट सुरु हुने

जेठ ९, काठमाडौ–न्यायापरिषदले सर्वोच्च अदालतका लागि सिफारिस गरेका ८  स्थायी न्यायाधीशको सुनुवाई आज हुदैछ । संसदीय सुनुवाई विशेष समितिको बुधबार बिहान बसेको बैठकले प्रस्तावित न्यायाधीशको योग्यता र आधार माग गर्दै आज सुनुवाई गर्ने निर्णय गरेको हो ।
प्रमुख  तीन दल काग्रेस, एमाले र एमाओबादीबीच सहमति भएपछि सुनुवाई प्रक्रिया अघि बढेको हो । सुनुवाईका लागी विशेष समितीले अहिले विहान ८ बजे ४ जना र मध्यान्ह १२ बजे ४ जनालाई बोलाएको छ । सहमतिको मस्यौदामा जेठ १ गते परिषदले पठाएको पत्रको अभिव्यक्ति र शब्दमा समितिको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । ‘परिषदको पत्रले जनप्रतिनिधिमूलक संस्था र समितिमा आच आउने भएकाले आपत्ति जनाइन्छ’ सहमतीमा भनिएको छ । त्यसैले समितिले न्यायपरिषदको आफ्नो मर्यादा र उत्तरदायित्वलाई पनि स्मरण गराएको छ ।