प्रधानमन्त्री सुशील कोइराला सोमवार दिल्ली जाने

जेठ ८, काठमाडौ –प्रधानमन्त्री सुशील कोइराला सोमबार भारत जानुहुने भएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा  भाग लिन कोइराला दिल्ली जानुहुने भएको हो ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री भारत भ्रमण जाने नीर्णय गरेको हो । मोदीले सोमबार प्रधानमन्त्री पदमा सपथ ग्रहण गर्ने कार्यक्रम छ ।
भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीले टेलिफोन गरेर सपथ ग्रहण समारोहमा सहभागी बन्न आग्रह गरेपछि प्रधानमन्त्री कोइरालालाई जान दवाव परेको हो । मोदीले सार्क राष्ट्रका समकक्षि सबैलाई बोलाएका छन् ।