एमालेको स्थायी कमीटीको बैठकले उपनिर्वाचनका उमेदबारको टुङगो लगाउने

जेठ ९, काठमाडौ– नेकपा एमालेको स्थायी कमीटीको बैठक पार्टी मुख्यालय वल्खुमा आज बस्दैछ । बैठकले संबिधानसभाको उपनिर्वाचन हुने ४ क्षेत्रका उमेदबारको टुङगो लगाउने केन्द्रिय सदस्य कल्पना चापागाइले जानकारी दिनुभयो ।
उपनिर्वाचन हुने जिल्लाबाट सिफरिसका लागी आएका नाममा छलफल गरी आज टुङग्याउने एमालले जनाएको छ । बैठक बिहान ११ बजे पछि पार्टी मुख्यालय बल्खुमा बस्नेछ । यसैबिच उपनिर्वाचनमा मधेसका क्षेत्रमा मधेसी दलले पनि उमेदबारी दिने तयारी गरेका छन् । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले कैलाली ६ र बर्दीया १ मा उमेदबारी दिने जनाएको छ । कैलाली ६ मा लक्ष्मण थारु र बर्दीया १ मा गोबिन्द चौधरीलाई उमेदबार बनाउने सो पार्टीको तयारी छ ।