मालपोत कार्यालय धर्ना तथा घेराउ

जेठ ८, नुवाकोट–भूमि अधिकार मञ्च नुवाकोट र रसुवाले सम्बन्धित जिल्ला मालपोत कार्यालयमा सुरु गरेको धर्ना आज चौथो दिन पनि जारी राखेका छन् । आइबारबादेखि सुरु मालपोत कार्यालय धर्ना तथा घेराउ कार्यक्रम आफ्नो माग पूरा नभएसम्म नछाडन्े अडानका साथ शसक्त रुपमा आज चौथो दिन पनि जारी राखेका हुन । नुवाकोट रसुवा सहित मुलुकको विभिन्न जिल्लाका किसानहरुले भूमि अधिकारको माग सहित जारी राखेको आन्दोलनलाई सम्बोधन गर्न वुधवार भूमि सुधार मन्त्रालयमा छलफल भएको छ । आजको छलफल सकारात्मक पाइएको र मागको सम्बोधन गर्न बुदागत रुपमा लिपिबद्ध बनाएर भोलि निष्कर्षमा पुग्ने सहमति भएको छ । भूमि सुधार मन्त्री दलबहादुर राना, मन्त्रालका दुई सहसचिव सहित किसान तथा किसानको तर्फबाट सहभागिहरुबीच आज मौखिक छलफल भएको भूमि अधिकार मञ्च नुवाकोट अध्यक्ष चुडामणी प्रसाद गजुरेल जानकारी दिनुभएको छ ।
मन्त्रालयमा वार्ता गर्नको लागि रसुवाका दुई जना सभाषद्, नुवाकोटबाट नेकपा एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडा, नेता केशव बडाल, भूमि अधिकार मञ्चका केन्द्रीय महासचिव लोमबहादुर दर्जी, नुवाकोट अध्यक्ष चुडामणी प्रसाद गजुरेल, जिल्ला सदस्य विन्दा नेपाल, भूमि अधिकार मञ्च रसुवाका सस्थापक अध्यक्ष भवानीप्रसाद न्योपानेलगायतको टोली रहेको थियो । यसैबीच मन्त्रालयमा भएको वार्ता सकारात्मक रहेको भन्दै बिर्ता र गुठी जग्गा रैकर हुनुपर्ने र तत्काल सुकुम्वासी आयोग गठन गर्नुपर्ने मागका विषयमा छलफल भएका थियो ।