शुल्क वृद्धि विरुद्ध विद्यालयका लेखा शाखामा गरिएको तालाबन्दी खोल्ने

जेठ ८, काठमाडौ– निजी तथा आवासीय विद्यालयले कानुन विपरीत शुल्क वृद्धि गरेको भन्दै आन्दोलन गरिरहेका विद्यार्थी सङ्गठनले विभिन्न विद्यालयमा गरेको तालाबन्दी आज देखि खुलाउने भएको छ । करिब दुई हप्तादेखि निरन्तर वन्द रहेका विद्यालयका लेखा शाखामा गरिएको तालाबन्दी खोल्ने अभिभावक सङ्घका अध्यक्ष सुप्रभात भण्डारी जानकारी दिनुभयो ।
शिक्षा विभागमा विहिवार भएको बार्तामा विद्यालय सञ्चालक, आन्दोलनरत विद्यार्थी सङ्गठन र अभिभावक सङ्घले सहमति गरेका थिए । नियविपरित शुल्कवृद्धि गरेका विद्यालयले अर्को महिनाको मासिक शुल्कमा समायोजन गर्ने, नियमविपरीत सञ्चालित विद्यालयहरूमा जेठ महिनाभित्र अनुगमन गर्ने र कारबाहीको प्रक्रिया अगाडि बढाउने लगायतका सहमति भएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।