६ देशका राजदुत नियुक्ति गर्ने तयारी

जेठ ८, काठमाडौ– पराष्ट्रमन्त्रालयले लामो समयदेखि रिक्त ६ देशका राजदुत नियुक्ति गर्ने तयारी गरेको छ । आज वस्ने मन्त्रिपरिषदको बैठकमा परराष्ट्रले राजदुत नियुक्तिका लागी सिफारीस गर्ने भएको छ ।
परराष्ट्रस्रोतका अनुसार परराष्ट्रका सचिवहरु अम्बीका लुईटेल, दीपक धिताल, खगनाथ अधिकारी, काली प्रसाद पोखेल, अमृत राई, र अर्जुन कान्त मैनालीको नाम सिफारीस गर्ने निर्णय भएको छ ।
मन्त्रि भए लगतै पाण्डेले एक महिनामा राजदुत नियुक्त गरिसक्ने बताउनु भए पनि सरकारको सय दिन पुरा हुदा पनि राजदुत नियुक्ती हुन सकेको छैन ।