दबाब दिए राजीनामा दिने प्रधानमन्त्रीको चेतावनी

जेठ ७, काठमाडौ– ‘आलोचना गर्नेहरुले संबिधान निर्माणको ८० प्रतिशत काम सकिएको देखेनन्’ प्रधानमन्त्री सुशिल कोईरालाले आफ्नो पार्टी र सरकारमा सहभागी दलहरुबाट काम गर्न नसकेको दवाब दिए पदबाट राजीनामा दिने चेतावनी दिएका छन् । प्रधानमन्त्री कोइरालाले आफु अरुजस्तो लोभी प्रधानमन्त्री नभएको र कसैले लोभ देखाएर दवाब दिए प्रधानमन्त्री पदनै त्याग्ने बताएका हुन् । पूर्व सांसद मञ्च नेपालले बुधबार ललितपुरमा आयोजना गरेको राज्य पुन:संरचना विषयक कार्यक्रमा कोइरालाले सरकारको सय दिन पुगेको बिषयमा आलोचना गरिएको तर, सरकार कसरी सञ्चालन गर्ने भन्ने बिषयमा पार्टी र गठबन्धन भित्रबाटै सहयोग नपाएको गुनासो गरे । कोइरालाले एक सय दिनमै सरकारको मूल्याङकन गर्नेहरुले यो सरकार आएपछि संविधान निमार्णको ८० प्रतिशत काम सकिएको चाही नदेखेको बताए । प्रधानमन्त्री कोइरालाले सरकारको जती आलाचना गरे पनि तोकिएकै समयमा लोकतान्त्रिक संविधान निमाण गर्ने दाबी गरे । कोइरालाले नयाा बन्ने संविधानसागै निर्माण हुने प्रदेश मुलुकको अर्थतन्त्रले धान्न सक्ने सङ्ख्यामा मात्र बनाउने सहमति भएको जानकारी दिए । कोइरालाले विश्वमा प्रचलित सङ्घीयस्वरुपको अध्ययन गरी नेपालमा पनि सामथ्र्यका आधारमा सीमित सङ्ख्यामा मात्र प्रदेश बन्न कुरामा सबैढुक्कहुन आग्रह समेत गरे ।