संसदीय सुनुवाईलाई नकारात्मक रुपमा नलिनुस्: मैनाली

जेठ ७, सप्तरी– सप्तरी नेकपा मालेका महासचिव सिपी मैनालीले सर्वाेच्च अदालतको न्यायाधीश नियुक्ति प्रकरणमा संसदीय सुनुवाइ विशेष समितिमा भइरहेको छलफललाई नकारात्मक रुपमा नलिन सबैसग आग्रह गरेका छन् । पार्टीको कार्यक्रममा सहभागी हुन सप्तरी पुगेका महासचिव मैनालीले बुधबार बिहान सञ्चारकर्मीसग कुरा गर्दै न्याय परिषद्ले सर्वाेच्च अदालतको न्यायाधीश नियुक्तिका लागि गरेको सिफारिसको विषयमा संसदीय सुनुवाइ विशेष समितिमा गम्भीरतापूर्वक छलफल भइरहेकाले यसलाई नकारात्मक रुपमा नलिन आग्रह गरेका हुन् । न्यायाधीश नियुक्तिका लागि विवादास्पद न्यायाधीशहरुको नाम सिफारिस भएकाले अदालतको गरिमालाई कायम राख्न संसदीय सुनुवाइ समितिमा छलफल जारी रहेको बताउादै महासचिव मैनालीले न्यायाधीश नियुक्तिको विवाद छिट्टै टुङ्गिने विश्वाससमेत व्यक्त गरे ।