जोस शहरमा बिष्फोटमा, कम्तीमा ११८ जनाको मृत्यु

जेठ ७, एजेन्सी–नाईजेरियाको जोस शहरमा भएका दुई बिष्फोटमा कम्तीमा १ सय १८ जनाको मृत्यु भएको छ । नाईजेरियाको बिपत व्यवस्थापन एजेन्सीका अनुसार मृत्यु हुनेको संख्या आझै बढ्ने अनुमान गरिएको छ । प्रहरीका अनुसार पहिलो बिष्फोट एक व्यस्त बजारमा भएको थियो भने अर्को बिष्फोट त्यसैको आपपासमा रहेको अस्पताल बाहिर भएको थियो । बिष्फोटबारे कुनै पनि समूहले जिम्मा लिएको छैन । जोस शहरमा केहि समय यता क्रिश्चियन र मुस्लिम समूहबिच हिंस्रक झडप भैरहेको थियो । यसका साथै चरमपन्थी संगठन बोको हरामले पनि नाईजेरियाका बिभिन्न क्षेत्रमा आक्रमण गर्दै आएको छ । अधिकारीहरुका अनुसार उक्त घटनामा धेरै जसो महिला र बालबालिका मारिएका छन् ।