म्याग्दी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी

जेठ ७, म्याग्दी – म्याग्दी बहुमुखी क्याम्पसमा गरिएको अनिश्चितकालीन तालाबन्दी आजपनि जारी छ । गत वैशाख ७ गते सम्पन्न स्नातक तह तेस्रो वर्षको शिक्षा सङ्कायअन्र्तगत स्वास्थ्य विषयको उत्तरपुस्तिका त्रिभुवन विश्वविद्यालयमा पठाउदा गम्भीर लापरबाही गरेको भन्दै नेविसङ्घले क्याम्पसको प्रशासन शाखामा अनिश्चितकालीन तालाबन्दी गरेको हो ।
स्वास्थ्य विषयको १० पूर्णाङ्कको वस्तुगत बहुत्तर छनोट प्रश्नको उत्तरपुस्तिका परीक्षा सकिएकै दिन लाहाछाप र शिलबन्दी गरी पठाउनुपर्नेमा दुई हप्तासम्म क्यापसमै राखिएको नेविसङ्घको दाबी छ ।
क्याम्पस सञ्चालक समितिबाट उचित छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन र परीक्षा केन्द्र प्रमुख र परीक्षा शाखाका संयोजकलाई कडाभन्दा कडा कारबाही गर्न नेविसङ्घले माग गरेको छ ।