एमाओवादीले बेपत्ता योद्धा स्मृति दिवस मनाउदै

जेठ ७, काठमाडौ–एकिकृत नेकपा माओवादीले आज राज्यद्धारा वेपत्ता पारिएकाहरुको सम्झनामा बेपत्ता योद्धा स्मृति दिवस मनाउदैछ । स्मृतिको अवसरमा अहिले केहिबेरपछि माओवादीले कार्यलय कोटेश्वर पेरिसडााडामा कार्यक्रम आयोजना गरेको छ ।
२०५५ साल जेठ ७ गते तत्कालीन प्रहरीले काठमाडौंको सुन्धारास्थित टेबहालबाट माओवादी केन्द्रीय सदस्य दण्डपाणी न्यौपाने र मिलन नेपालीसहित चार जनालाई गिरफतार गरी बेपत्ता बनाएको सम्झनामा यो दिवस मनाउने गरिएको हो । दिवसकै अवसर पारेर गतसाल पेरिसडाडा परिसरमा शहिद र वेपत्ताको स्तम्भ स्थापनाका लागि शिलन्यास गरेको एमाओवादीले अहिले सम्म पनि निमार्ण कार्य पुरा हुन सकेको छैन ।