‘तल्लो जात’ भन्दै मुर्छा पर्ने गरि कुटपिट

जेठ ६, रूपन्देही– बुटवल ४ मैनाबगरमा तल्लो जात भन्दै एक  गर्भवती महिलामाथि मुर्छा पार्ने गरि कुटपिट भएको छ । मैनाबगर श्रीरामटोल निवासि विष्णु क्षेत्री सहित उनका दुई छोरी जुना र सोनीले सोही ठाउामा भाडा गरि बस्ने बर्ष १८ की सविता विश्वकर्मालाई बेहोस हुने गरि कुटपिट गरेका हुन् ।

बैशाख ३१ गते राती सााढे आठ बजेतिर धारामा पानी भर्न जादा “कमनी भएर चााडै पानी भर्न पाइन्छ” भन्दै एक्कासी नौ महिनाको गर्भ रहेको सविताको पेटमा गाग्रीले हानेको पिडित परिवारले बताएका छन् । विष्णु क्षेत्रीको जेठी छोरी जुनाले पेटमा गाग्रीले र आमा र अर्की छोरी सोनीले कपाल लुछालुछ गरेर बेहोस बनाएका थिए ।

“एक्कासी बुहारी ढलेको देखेपछि म दगुर्दै धारामा पुगे” सासु रिता विश्वकर्माले भन्नुभयो –“मलाई समेत हात हालें ।” सवितालाई तुरुन्तै लुम्बिनी अञ्चल अस्पताल उपचारका लागि लगिएको थियो । अञ्चल अस्पतालले उपचार गर्न नसक्ने भएपछि राती १ बजे भैरहवा मेडीकल कलेजमा उपचार गराउन लगेको सासु रिताले बताउानुभयो ।
“पहिल्यैदेखि हामी भाडामा बस्ने भएकाले हेप्ने,तिमिहरु सानो जात हो हामीले भनेको मान्नुपर्छ,कामी दमाईलाई यहाा बस्न दिनौं भन्दै धम्काथें” उहााले भन्नुभयो – “हामी पनि मान्छे हौं,दु:खसु:ख गरेर पेट पालेका छौं,त्यसरी दलित भनेर पिट्न पाइन्छ ?ं”
सविताको पेटमा रहेको बच्चालाई चोट लागेको मेडिकल रिर्पोटमा उल्लेख छ । घटना भएको एक हप्ता हुन लागको छ । गाग्ीले पेटमा हानेकाले सविताको कोखो दुखिरहेको छ । सुकुम्बासी बस्तीमा दिनभरि मजदुरी गरेर घरखर्च चलाउादै आएका विश्वकर्मा परिवारलाइ यो घटनाले त्रसित मात्रै होइन् आर्थिक भार समेत थपेको छ ।  सविताको उपचार गर्दा १५ हजार खर्च भएको छ । अझै पनि पूर्ण रुपमा निको नभएको र बच्चालाई समेत टाउकोमा चोट लागेकाले सुत्केरी हुने बेलासम्म के हुने हो भन्ने डर परिवारमा छ ।

नजिकै पिडक क्षत्रीको घर रहेकाले पनि पटक पटक तिमिहरुलाइ सिध्यादिन्छु भन्दै धम्काउने गरेको छमेकीहरुले बताएका छन् । “पहिला पनि कामी दमाई भनेर हेला गर्ने, पानी भर्न नदिने काम हुन्थ्यो” छिमेकी विद्या पाण्डेले भन्नुभयो – “धेरै पटक यस्तो घटना दोहरिएकाले उनीहरुलाई कारवाही हुनुपर्छ । ”े गर्भवती भएको वेलामा बच्चा र आमालाइ नै असर पार्ने गरि कुटपिट भएकाले यो घटना गम्भिर खालकै भएको पाण्डेले बताउानुभयो ।

सविता क्षत्रीकै घर नजिकै डेरा गरी बसेकोमा अहिले त्रासले गर्दा सासु ससुरासाग बस्न थाल्नुभएको छ । पटक–पटक विना कारण धम्की दिएपछि सविता र उहााको श्रीमान आमा बुवासाग बस्न थालेका हुन् ।
तल्लो जात भन्दै कुटपिट भएकाले क्षत्रीलाई कारवाही हुनुपर्ने पिडितहरुको माग छ । पिडितहरुले पिडक क्षत्री परिवारको धम्कीकै कारण घटना भएको ६ दिनसम्म सार्वजनिक गर्न डराएका थिए । श्रीराम टोल विकास समितिका अध्यक्ष देवु थापाले जातीय रुपममै अपमान गरेकाले समितिले समेत कारवाही गर्ने जानकारी दिनुभयो ।
“गरिब परिवारलाई धम्काउने र अहिलेको जमानामा पनि जातभातको कुरा गरेर कुटपिट गर्नु कानुन विपरित हो” उहााले भन्नुभयो ।
पिडक भनिएकी विष्णु क्षत्रीले भने पानी भर्नेक्रममा झगडा भएको स्विकार गर्दै जातीय आधारमा विभेद नगरेको बताउानुयो । उहााले गाउालेहरु सबै एकातिर भएकाले आफु नै अन्यायमा परेको बताउादै कुटपिट गरेको तर छुवछुत नगरेके बताउनुभएको छ  ।

बेहोस नै हुने गरि कुटपिट भएपनि पिडकलाई कुनै कारवाही भएको छैन् । उल्टै क्षत्री परिवारले प्रहरीमा सुन हरायो भनेर उजुरी दिएका थिए । इलाका प्रहरी कार्यालय बुटवलमा दुवै पक्षलाई छलफलमा समेत राखिएको थियो । इप्रका कार्यालय परिसरमा पनि विष्णु क्षत्रीले सानो जात भन्दै गाली गर्नुका साथै सुनको सिक्रि हरायो भनेर उल्टो क्षतीपूर्ती मागेको प्रत्यक्षदर्शीहरुको भनाइ छ ।

“गर्भवती महिलालाई निर्घात रुपमा कुटपिट गरेकाले हामीले तत्तकाल घटना मिलाएर पठाएका हौं” इप्रका बुटवलका असइ निर्मला श्रेष्ठले भन्नुभयो –“महिलाको अवस्था हेरेर पछि कारवाही  गर्नेछौं ।”

उहााले पानीको बिषयमा झगडा भएको भनेर मिलाउने काम भएको बताउादै जातपातको आधारमा कुटपिट भएको मौखिक रुपमा जानकारी भएपनि  उजुरी नपरेको बताउानुभयो । घटनाको प्रकृति हेर्दा जातीय छुवाछुतकै आधारमा कुटपिट भएको स्थानीय दिलीप शाहीको भनाइ छ । उहााका अनुसार भाडामा बस्ने र दलितलाई बस्न दिन हुन्न भनेर आफ्नै सामुन्ने पनि कयौं पटक भन्ने गरेको बताउादै सवितालाई न्याय दिलाउनुपर्ने बताउानुभयो ।

पिडितले यो घटनामा जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन २०६८ अनुसार उजुरी दिएको खण्डमा क्षत्रीलाई एक बर्षदेखि तीन बर्षसम्म कैद वा एक हजारदेखि २५ हजारसम्म जरिवाना सजाय हुने छ ।

  • विनोद परियार