दाइसंगको झगडामा भाउजुसहित तीन नाबालकलाई आगो

जेठ ६, बाके –देवरले पेट्रोल छर्केर आगो लगाउदा आमासहित तीन नाबालक गम्भीर घाइते भएका छन् ।
दाइसंगको झगडामा बाके जयसपुर १ का सद्धाम नाऊले  आफ्नै भाउजुसहित उनका तिन सन्तानलाई पेट्रोल छर्केर आगो लगाएका हुन् ।

आगोबाट जलेर २२ वर्षिया चन्द्रा सल्मानी र उनकी पाच वर्षिया छोरी मारीया नाऊ, तीन वर्षिय छोरा रियाजुल नाऊ र १० महिने बालक रिहान नाऊ गम्भीर घाइते भएका हुन् ।

बिहान घरमै सुतिरहेका समयमा देवरले पेट्रोल छर्केर आगो लगाएको घाइते सल्मानीले बताएकीछन् ।  चारै जनाका नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने आगो लगाउने सद्धाम नाऊलाई प्रहरीले पक्राउ गरेको छ ।