अठार घर परिवार सुकुम्बासी बन्ने

जेठ ६, नवलपरासी –नवलपरासी जिल्ला अदालतले गरेको फैसलाका कारण नवलपरासीको पाल्ही गाविसका १८ घर परिवार सुकुम्बासी बन्ने भएका छन् । जिल्ला अदालत नवलपरासीले बैशाख २२ गते गरेको बाटो खुलाई पाउ भन्ने मुद्दाको फैसलाका कारण उक्त गाउाका स्थानीयबासी सुकुक्बासी हुने भएका हुन् ।

१८ वर्षदेखि पाल्हि गाविस ४ मा बसोबास गर्दै आएका सुधामा चमार, ज्ञाना हरीजन, धुरे चमार, सीताराम चमार लगायत १८ जनाविरुद्ध कुस्मा गाविस बस्ने १२ जना व्यक्तिहरुले बाटो खुलाई पाउ भन्ने मुद्दामा नवलपरासी जिल्ला अदालतले घरबास हटाउने आदेश गरेपछि उनीहरु सुकुम्बासी बन्ने भएका हुन् ।

वर्षौदेखि भोगचलन गर्दै आएका स्थानीयले जग्गामा पक्की घर समेत निर्माण भैसकेको अवस्थामा अदालतले गरेको फौसलाले १८ जना स्थानीयबासीलाई सुकुम्बासी बनाउन खोजेको एक कानुन व्यवसायीले जानकारी दिनुभयो ।