जेठ ६, काठमाडौ– सदस्यहरुबीच न्यायपरिषदलाई पठाउने पत्रको विवरणबारे विवाद हुदा संसदीय सुनुवाइ विशेष समितिको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । मंगलबार बिहान केहिबेर बसेपछि एक घण्टाका लागि स्थगित गरिएको बैठक त्यसपछि बस्दै नबसी स्थगित भएको हो । सोमबार बिहान बसेको बैठकले न्यायधीश सिफारिसको आधार र कारण सोध्ने निर्णय गरेको थियो । परिषदलाई पठाउने पत्रमा अन्य कुरा पनि सोध्नु पर्ने अडानमा एमाले र एकीकृत माओवादी छन् भने कांग्रेसले अन्य कुरा सोध्न नहुने अडान लिएपछि बैठक स्थगित भएको एक सदस्यले जानकारी दिए । बिहान आठ बजेदेखि सिंहदरबारमा बसेको बैठकमा न्यायपरिषद्ले समितिलाई पठाउने लिखित जवाफका विषयमा छलफल भएको थियो । सुनुवाइ समितिमा सहमति हुन नसक्दा सर्वोच्च अदालतको स्थायी न्यायाधीश नियुक्तिका लागि न्यायपरिषद्ले सिफारिस गरेका आठ जना न्यायाधीशको अझै सुनुवाइ हुन सकेको छैन । संसदीय सुनुवाइ विशेष समितिले आज न्याय परिषद्लाई जवाफी पत्र पठाउने र सिफारिसमा परेका न्यायाधीशहरुको सुनुवाइका लागि मिति तोक्ने बताइएको छ ।
अन्तरबार्ता
फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व – वातावरण विज्ञ अमात्य

साउन २३, काठमाडौं – काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख
विचार
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।