सुदुरपश्चिमको विकासमा प्राथामिकता दिन सभासद्हरुको माग

जेठ ६, काठमाडौ– सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका सभासद्हरुले प्रधानमन्त्री सुशील कोइरालासंग भेट गरी सुदूरपश्चिमाञ्चल क्षेत्रको विकासका प्राथमिकता दिन  माग गरेका छन  ।
प्रधानमन्त्री कोइरालालाई ज्ञापनपत्र बुझाउदै सभासदहरुले प्रत्येक वर्षको बजेटमा देशका अन्य क्षेत्रको तुलनामा सुदुरपश्चिमाञ्चल क्षेत्रमा बजेट कम हुने गरेको जानकारी गराएको सभासद् रमेश लेखकले वताउनु भयो । ज्ञापनपत्रमा सभासद्हरुले पश्चिम सेती परियोजना र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको निर्माण तत्काल थाल्नुपर्ने, खप्तड क्षेत्रको पर्यटन विकासका लागि राष्ट्रिय कार्यक्रम ल्याउनुपर्ने, दार्चुला, महाकाली लगायतका नदीको बाढी नियन्त्रणका लागि विशेष कार्यक्रम ल्याउनुपन, तराई–पहाड जोड्ने वैकल्पिक मार्गको निर्माण, मेडिकल कलेजको स्थापना, औद्योगिक क्षेत्रको निर्माण लगायतका माग राखेका छन् ।