विकट बस्तीमा चामलको अभाव

जेठ ६, दार्चुला –दार्चुला जिल्लाको खण्डेश्वरी–७ मा रहेको खाद्य डिपोमा चामल सकिएपछि त्यस क्षेत्रका स्थानीय बासिन्दा मारमा परेका छन् ।
खाद्य डिपोमा चामल सकिएपछि कालोबजारी बढ्दै गएको स्थानीयले गुनासो गरेका छन् । डिपोमा चामल ढुवानी हुन नसक्दा खाद्य सङ्कट भएको उद्योग वाणिज्य सङ्घ खण्डेश्वरी शाखाका सचिव विक्रमसिंह बोहराले जानकारी दिनुभयो ।
खाद्यान्न ढुवानीका लागि ठेकेदारलाई आग्रह गरेको र केही दिनमै चामल आपूर्ति हुने पनि उहााले जानकारी दिनुभयो ।