कोलकाता र चेन्नई सुपर किङस भिड्ने

जेठ ६,काठमाडौ – आईपिएल क्रिकेट प्रतियोगिता अन्र्तगत आज डेक्कन चार्जर्स हैदराबाद र रोयल च्यालेन्जर बेङ्लोर तथा कोलकाता र चेन्नई सुपर किङस भिड्ने भएका छन् । आईपिएलमा किङस इलाभेन पञ्जाब शीर्ष स्थानमा यथावत रहेको छ । ११ खेल मध्ये ९ खेल जितेको पञ्जाबले तालिकामा १८ अंक पुर्‍याएको छ । समान खेल खेलेको चेन्नाई ८ मा जित निकाल्दै १६ अंकका साथ दोस्रो स्थानमा छ । गएराति भएको खेलमा शीर्ष स्थानमा रहेको पञ्जाबले डिल्ली डेयर डेभिल्सलाई चार विकेटले पराजित गरेको छ । फिरोजशाह कोटला स्टेडियममा भएको दोस्रो खेलमा दिल्लीले दिएको १ सय ६५ रनको लक्ष्य पञ्जाबले १९ दशमलब ४ ओभरमा पूरा गरेको हो । हिजै भएको पहिलो खेलमा मुम्बई इण्डियन्सले राजस्थान रोयल्समाथि २५ रनको जित निकालेको छ । सरदार पटेल स्टेडियम अहमदाबादमा भएको खेलमा मुम्बईले राजस्थानलाई पराजित गरेको हो ।