थाइल्याण्डमा सैन्य शासन

जेठ ६,काठमाडौ – थाइल्याण्डमा सरकार र विपक्षीबीच लामो समयदेखि राजनीतिक खिचातानी जारी रहादा सेनाले राजधानी बैंककमा सैनिक शासन लागु गरेको छ । सेनाले आफंैले सञ्चालन गरेको टेलिभिजनमार्फत मार्शल ल को घोषणा गरेको हो । देशमा शान्ति सुव्यवस्था कायम राख्न यस्तो निर्णय लिइएको सेनाको दाबी छ । सेनाले त्यहाा सञ्चालित विभिन्न टेलिभिजन तथा सञ्चार गृहलाई नियन्त्रणमा लिएको छ । थाइल्याण्डका सेना प्रमुख प्रयुध चान ओचाले एक विज्ञप्ती जारी गर्दै शान्ति र सुव्यवस्था कायम गर्नका लागि यस्तो कदम उठाएको जिकिर गरेका छन् । थाइल्याण्डमा यसै महिनाको सुरुमा त्यहााको अदालतले प्रधानमन्त्री यिङलक शिनावात्रा र उनको मन्त्रिपरिषद्लाई पदच्युतको फैसला गरेको थियो । एजेन्सी