मोदीले आज प्रधानमन्त्रीका लागि उम्मेदवारी पेश गर्ने

जेठ ६,काठमाडौ –भारतको भावी प्रधानमन्त्रीका प्रत्यासी नरेन्द्र मोदीले आज राष्ट्रपति प्रणब मुखर्जीलाई भेटी आगामी प्रधानमन्त्रीका लागि आफ्नो उम्मेदवारी पेश गर्ने भएका छन् । आज दिउासो पार्टीका सांसदहरुसंगको छलफलपछि मोदीले राष्ट्रपति समक्ष प्रधानमन्त्रीका लागि आफ्नो दावी प्रस्तुत गर्ने तयारी गरेका हुन् । यद्यपी भारतीय जनता पार्टीको संसदीय दलको पहिलो औपचारिक बैठक भने भोलिका लागि तय भएका पार्टी अध्यक्ष राजनाथ सिंहले पत्रकारहरुलाई जानकारी दिएका छन् । संसदीय दलको बैठकमा भाजपा नेतृत्वका एनडिए गठबन्धनका अन्य दल पनि सहभागी हुनेछन् । भोलिको बैठकपछि २५ मेमा भाजपाले प्रधानमन्त्री पदका लागि आधिकारिक रुपमा मोदीको नाम राष्ट्रपति समक्ष पेश गर्ने छ । अधिकारीहरुका अनुसार मोदीले प्रधानमन्त्रीका रुपमा मे २८ मा सपथ ग्रहण गर्नेछन् । एजेन्सी