सहकारी सम्वन्धी हजारौ उजुरी

जेठ ६, काठमाडौ–सहकारीमा देखिएका समस्या समाधानका लागि सरकारद्वारा गठित आयोगमा सहकारीसग सम्बन्धित १३० वटा समस्याग्रस्त सहकारी संस्थाहरूको उजुरी परेको छ ।
सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहप्रवक्ता सानुकाजी देसारले प्रधानमन्त्रीसमक्ष पेस भइसकेको आयोगको प्रतिवेदन अनुसार सरोकारवालाबाट १२ हजार ९६२ वटा उजुरी प्राप्त भएको जानकारी दिनुभयो ।
उजुरी रकम सात अर्ब ६० करोड ८९ लाख र व्याज दाबी रु दुई अर्ब ४० करोड ७ लाख गरी जम्मा दाबी रकम रु १० अर्ब ८७ लाख रहेको प्रतिवेदनमा देखाइएको छ ।