संविधानसभा बैठकमा आज पनि निक्र्यौल समितिको प्रतिवेदन माथि छलफल हुने

जेठ ६, काठमाडौ–संविधानसभाको आजको बैठकमा पनि सभासद्हरुले संविधान अभिलेख तथा निक्र्यौल समितिले पेश गरेको प्रतिवेदनमाथि धारणा राख्ने भएका छन् । गत बिहीबारदेखि अभिलेख तथा निक्र्यौल समितिले अघिल्लो संविधानसभाका प्राकृतिक स्रोत तथा आर्थिक अधिकार बाडफाट समिति र राष्ट्रिय हितको संरक्षण समितिको सहमतिको प्रतिवेदन पेशका विषयमा छलफल जारी छ । अझै केही सदस्य बोल्न रहेकाले आज पनि छलफल जारी रहने छ ।
वैठक संविधानसभा भवन नया वानेश्वरमा दिउसो १ बजेपछि बस्ने भएको छ ।
आजको बैठकमा उक्त समितिको प्रतिवेदनमा रहेका सहमतिका विषय मस्यौदा समितिमा पठाएपछि असहमतिका विषयमा छलफल गरिने भएको छ ।