संसदीय सुनुवाइ समितिको वैठक जारी

जेठ ६, काठमाडौ–संसदीय सुनुवाइ विशेष समितिको बैठक आज पनि समितिको कार्यालय सिहदरवारमा बसिरहेको छ ।
बैठकमा न्यायपरिषद्लाई पठाउने पत्रमा कस्तो शब्द राख्ने भन्ने बारेमा छलफल भइरहेको छ । न्यायपरिषदले पठाएको पत्रले संसद्को मानमर्दन गरेकोले सचेत गराउदै अर्को पत्र पठाउने र उजुरीकर्तासहित सिफारिसमा परेका न्यायाधीशलाई बोलाउने वारे सहमति नजिक दलहरु पुगेका छन् ।
एमाले र एमाओवादी सिफारिसमा परेका न्यायाधीशहरुको नामावली जस्ताको त्यस्तै पुनरावलोकनका लागि फिर्ता गर्नुपर्ने अडानबाट पछि हटेपछि बैठक सहमति नजिक पुगेको हो ।

एमालेका नेता भीम रावल, पूर्वकानुनमन्त्री प्रेमबहादुर सिाह र संसद् सचिवालयका कानुनी सल्लाहकार रवी अर्यालले परिषदलाई पठाउने पत्रको व्यहोरा तयार पारेका छन् । उनीहरुले तयार पारेको पत्रका बारेमा छलफल भइरहेको छ । आजको बैठकले उजुरीकर्ता र सिफारिसमा परेका न्यायाधीशलाई बोलाउने मिति तोक्ने तयारी गरेको छ । यसैबीच, संसदीय सुनुवाइ विशेष समितिका सदस्य भीमरावलले न्यायपरिषदलाई पत्र काट्ने निर्णय भइनसकेको बताउनु भएको छ । एक संचार माध्यमसंग कुरा गर्दै रावलले हिजोको बैठकमा पत्र काट्ने निर्णय नभएको बताउनु भयो । उहांले न्यायपरिषदले शिफारीस गरेका ८ जना न्यायाधीशलाई समितिमा बोलाई बयान लिइने पनि जानकारी दिनुभयो ।