डिभी र पिआरमुक्त प्रशासन बनाइ छाड्ने दृढता

जेठ ५, काठमाडौ–सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपालको प्रशासनलाई डिभी र पिआरमुक्त प्रशासन बनाइ छाड्ने दृढता व्यक्त गर्नुभएको छ ।
रफत सञ्चार क्लब भक्तपुरले आज गरेको कार्यक्रममा मन्त्री पण्डितले प्रशासनलाई डिभी र पिआरमुक्त बनाउने उद्देश्य असफल बनाउने षड्यन्त्र भएको र धम्की समेत आउन थालेको बताउनुभयो । निजामती सेवा ऐनको चौथो संशोधनका लागि संसद्मा अध्यादेश पेस गर्न लागेको जानकारी दिादै बिहीबारसम्म अध्यादेश संसद्मा पेस हुने र निजामती कर्मचारी मात्र नभई प्रहरी, सैनिक र शिक्षक लगायतलाई पनि त्यसको दायरामा ल्याउनुपर्ने उहाको जोड थियो ।