ओली पक्षले प्रमुख पदमा उम्मेदवारी घोषणा गर्यो

जेठ ५, काठमाडौ–नेकपा एमालेको आसन्न नवाौ राष्ट्रिय महाधिवेशनमा नेता केपी ओली पक्षले प्रमुख पदमा उम्मेदवारी घोषणा गरेको छ । काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उपाध्यक्ष विद्यादेवी भण्डारीले महाधिवेशनले पार्टीको अध्यक्षमा नेता ओली सर्वसम्मत हुने दाबी गर्नुभयो । वरिष्ठ उपाध्यक्षमा वामदेव गौतम र महासचिवमा ईश्वर पोखरेलको नाम घोषणा गर्नुभयो । उपाध्यक्ष भण्डारीले महाधिवेशनमा ओलीलाई अध्यक्ष बनाउन वर्तमान अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपालले सर्वसम्मत प्रस्ताव ल्याउन सके पार्टीको लोकतान्त्रिकरण, दीर्घजीवन र पुस्ता हस्तान्तरणमा सहयोग पुग्ने बताउनुभयो ।

नेपालले २०५६ सालपछि एमालेमा शक्तिशाली, सर्वैसर्वा र सर्वसम्मत महासचिव रहेर वरिष्ठ नेता नेपालले आफ्नो शासन चलाउादा योग्यता र क्षमता देखाइसकेकाले अब अर्काे नेतृत्व आवश्यक रहेको भण्डारीको भनाइ छ । उहााले नेता ओली एक कार्यकालका लागि अध्यक्ष हुने र एक पदमा एक जिम्मेवारीको नीतिमा अडिग रहने स्पष्ट गर्नुभयो ।
कार्यक्रममा पार्टी सचिव विष्णु पौडेल र पोलिटब्युरो सदस्य मुकुन्द न्यौपानेले पनि अबको पार्टी अध्यक्ष ओली हुनुको विकल्प नभएको बताउनुभयो । सचिव पौडेलले पार्टी विधानमा दुई कार्यकाल प्रमुख नेतृत्वमा रहने वैधानिक व्यवस्था भएको बताउदै १५ वर्षसम्म गरिसकेकाले वरिष्ठ नेता नेपालले अध्यक्षका लागि दाबी गर्न नहुने उल्लेख गर्नुभयो । सचिव शङ्कर पोखरेलले जनताको बहुदलीय जनवादको सिद्धान्तको जगमा मुलुकलाई आर्थिक सामाजिक रुपान्तरणका लागि नेता ओली अध्यक्ष हुनुपर्ने जिकिर गर्नुभयो ।