सुनुवाइ समितिको बैठक स्थगित

जेठ ५, काठमाडौं – न्यायाधीश नियुक्ति सम्बन्धी न्यायपरिषदको सिफारिसबारे छलफल गर्न बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठक आज पनि स्थगित भएको छ ।
न्यायाधीश सिफारिससम्बन्धी विषयमा सुनुवाइ गर्न सिंहदरबारमा आज बिहान वसेको बैठकमा नेपाली कांग्रेसले पेलेको एमाले र एमाओवादीका सभासदले आरोप लगाएका छन् ।
कार्यसूची अनुसार पहिलो बुँदाको एजेन्डामा छलफलै नगरी सभापति कुलबहादुर गुरुङले दोश्रो एजेन्डामा छलफल गर्न रुलिङ गरेपछि बैठकमा विावद सुरु भएको हो ।
बैठकको पहिलो एजेन्डामा न्यायपरिषदले समितिलाई पठाएको पत्रबारे छलफल गर्ने उल्लेख थियो । यहि एजेण्डामा छलफल गर्न  एमाओवादी र एमाले सभासदले राखेको मागको सुनुवाइ नभए पछि वैठक स्थगित भएको हो ।
अर्को बैठक मंगलबार विहान ८ बजे फेरी बस्ने गरी बैठक स्थगित भएको हो ।