संविधानसभा बैठक आज पनि

जेठ ५, काठमाडौ–संविधानसभाको बैठक सविधानसभाको भवन नया वानेश्वरमा आज पनि वस्दैछ । वैठकमा सभासद्हरुले संविधान अभिलेख तथा निक्र्यौल समितिले पेश गरेको प्रतिवेदनमाथि आज पनि धारणा राख्ने भएका छन् ।
अभिलेख तथा निक्र्यौल समितिले अघिल्लो संविधानसभाका प्राकृतिक स्रोत तथा आर्थिक अधिकार बाडफाट समिति र राष्ट्रिय हितको संरक्षण समितिको प्रतिवेदन पेश गरेपछि गत बिहीबारदेखि छलफल सुरु भएको हो । हिजोको बैठकमा धारणा राख्ने सभासद्हरुको संख्या धेरै भएपछि आज पनि त्यसैलाई निरन्तरता दिन बैठक बोलाइएको हो ।
आजको बैठकबाट प्राकृतिक स्रोत तथा आर्थिक अधिकार बाडफाट समिति र राष्ट्रिय हितको संरक्षण समितिमा रहेका सहमतिका विषयलाई मस्यौदाका लागि संविधान मस्यौदा समितिमा पठाउने तयारी गरिएको छ । संविधान मस्यौदा समिति संबिधानको मस्यौदा तयार गर्न गठित संविधान मस्यौदा समितिले बिज्ञहरुसंगको छलफललाई जारी राखेको छ । सिाहदरबारमा आज बसेको बैठकले समितिमा आएका विषय र विज्ञहरुसागको छलफललाई निरन्तरता दिएको हो । तोकिएको समयमा संबिधान लेख्ने प्रक्रियाका बिषयमा केहि समय यता समितिले बिज्ञहरुसंग छलफल गर्दे आएको छ । समितिले संबिधानबिद्, कानुनबिद् ,पूर्ब मस्यौदाकार लगाएतसंगको छलफललाई निरन्तरता दिई कार्ययोजना तयार पार्ने समेत जनाएको छ । एक वर्षभित्र संविधान लेखिसक्ने कार्ययोजनासहित संविधान मस्यौदा समितिको गठन गरिएको हो ।