जेठ ५, काठमाडौ–संसदीय सुनुवाइ विशेष समितिको बैठक आज पनि बसिरहेको छ । समितिको कार्यालय सिंहदरबारमा जारी आजको बैठकमा पनि न्यायपरिषद् सदस्यहरुको अनुपस्थितिको विषयलाई लिएर सभासद्हरुले आलोचना गरिरहेका छन् । समितिले बोलाएको बेला परिषदका सदस्य नआएको भन्दै सत्तारुढ एमाले र प्रमुख प्रतिपक्षी एकीकृत माओवादीले सिफारिस गरिएका सबै नाम फिर्ता गर्नुपर्ने बताएका छन् भने कांग्रेसले सुनुवाइ नगरी जस्ताको त्यस्तै फिर्ता गर्न नसकिने बताउदै आएको छ । सर्वोच्च अदालतले परिषदका सदस्यहरु समितिमा जानुनपर्ने र जवाफ दिनसमेत नपर्ने अन्तरिम आदेश जारी गरेपछि परिषद् सदस्यहरु संसदीय सुनुवाइ विशेष समितिमा नगएका हुन् । आजको बैठकमा सिफारिसमा परेका न्यायाधीशहरुको सुनुवाइका लागि मिति तोक्ने तयारी गरिएको छ । तर, एमाले र एमाओवादीका सभासद्हरुले पुनर्विचारका लागि सिफारिसलाई पुन: न्यायपरिषद्मा पठाउनुपर्ने प्रस्ताव गरेका छन् ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
