संबिधानसभाबाहिरका दलहरुलाई संबिधान लेखन प्रक्रियामा ल्याउन उपसमिति गठन

जेठ ५, काठमाडौ–संविधानसभा समिति संबिधानसभाबाहिर रहेका दलहरुलाई संबिधान लेखन प्रक्रियामा ल्याउन संवैधानिक राजनीतिक सम्बाद तथा सहमति समितिले उपसमिति गठन गरेको छ । सिहदरबारमा आज बिहान बसेको समिति बैठकले समिति सदस्य पूर्ण बहादुर खड्काको सयोजकत्वमा ९ सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिलाई संबिधानसभा बाहिर रहेका दलहरुलाई औपचारीक तथा अनौपचारीक बार्ता गर्दे संबिधानलेखन प्रक्रियामा सहभागी गराउने खाका तयार पार्न १५ दिनको समय दिईएको छ । त्यस्तै उपसमितिलाई संबिधान लेखनका क्रममा दलहरुबिच देखिएको बिबाद पहिचालन गरि समितिमा पेश गर्न समेत निर्देशन दिईएको छ । यसैबिच राजनीतिक सम्बाद तथा सहमति समितिको सोमबारको बैठकमा संबिधान निर्माणको काम छोडेर सभासदहरु बिदेश भ्रमणमा जान थालेपछि बिरोध भएको छ । बैठकमा अधिकांश समिति सदस्यहरुले सभासदको बिदेश भ्रमणको पनि मापदण्ड तय गर्नुपर्नेमा जोड समेत दिएका छन् । बैठकमा राष्ट्रिय जनमोर्चाका सभासद चित्र बहादुर कसिले संबिधान लेख्न छाडेर सभासदहरु बिदेश जान थाले अब पनि तोकिएको समयमा संबिधान बन्न नसक्ने उल्लेख गर्नुभयो । त्यस्तै बैठकमा संबिधान लेखनमा क्रममा दलहरुबिच देखिएको मतभेद अन्त्य गर्न चाडै छलफल सुरु गर्नुपर्ने आवाज पनि उठेको छ । बैठकमा नेमकिपाका सभासद नारायणमान बिजुक्छेले संबिधान लेखनका क्रममा भएका बिबादित बिषयलाई समाधान गर्न उपसमिति गठन गरेर अगाडी बढ्नुपर्ने धारणा राख्नुभएको छ । समितिको अर्को बैठक आगमी ८ गते बस्नेगरि स्थगीत भएको छ ।