आईपिएल क्रिकेट इन्डियन प्रिमियर लिगमा आज पनि दुई खेल

जेठ ५,, काठमाडौ– आइपिएल क्रिकेटमा आज पनि दुई खेल हुदैछ । स्थानीय समय अनुसार दिउसो चार बजे हुने पहिलो खेलमा राजस्थान र मुम्बई भिड्ने छन् । राजस्थान १४ अंकका साथ तेस्रो स्थानमा छ भने मुम्बई ६ अंकका साथ तालिकाको सातौं स्थानमा छ । त्यस्तै, आजै राति आठ बजे हुने दोस्रो खेलमा दिल्ली र पञ्चाबबीच प्रतिष्पर्धा हुने छ । दिल्ली चार अंकका साथ तालिकाको पुछारमा छ भने पञ्चाब १६ अंकका साथ शीर्ष स्थानमा छ । यसअघि हिजो भएको खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । कोलकाताले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको छ । पहिले ब्याटिङ गरेको हैदरावादले पूरै २० ओभर खेलेर ८ विकेट गुमाउादै १ सय ४२ रन बनाएको थियो । १ सय ४३ रनको लक्ष्य कोलकाताले खेल सकिन २ बल बााकी छादै ३ विकेटको क्षतिमा पूरा गर्‍यो । जितपछि चौथो स्थानमा रहेको कोलकाताको १२ अंक पुगेको छ । हारसागै हैदरावाद छैटौं स्थानमा झरेको छ । एजेन्सी