जेठ ४, काठमाडौ– फ्रान्सको राजधानी पेरिसमा जारी अफ्रिकी नेताहरुको बैठकले नाइजेरियाको इश्लामिक चरपन्थी संगठन बोको हरामविरुद्ध युद्ध गर्ने घोषणा गरेको छ । फ्रान्सका राष्ट्रपति फ्रान्कोइस होल्याण्डले आह्वान गरेको बैठकमा अफ्रिकी देशका नेताहरुले यस्तो घोषणा गरेका हुन् । गत महिना बोको हरामले नाइजेरियाको उत्तरपूर्वी इलाकाबाट २ सय २३ स्कुले छात्राहरुलाई अपहरण गरेको थियो । बोको हरामले नाइजेरियाका विभिन्न सहरहरुमा हमला पनि जारी राखेको छ । केही वर्षयता बोको हरामको हमलाबाट नाइजेरियामा हजारौं नागरिकको मृत्यु भैसकेको छ । फ्रान्सेली राष्ट्रपति होल्याण्डले पेरिसमा आयोजना गरेको बैठकमा नाइजेरियाका राष्ट्रपति गुडलक जोनाथनसहित बेनिन, नाइजर तथा चाडका राष्ट्रपतिको उपस्थिति थियो ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी पुस २९, काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।