एमाओवादी विवाद मिल्दै

जेठ ४ काठमाडौ–एमाओवादीको सस्थापन पक्ष र नेता वावुराम पक्ष सहमति नजिक पुगेका छन । नेता बाबुराम भट्टराइले सम्मेलनमा उठाउनु भएका फरक सात वुदालाई पार्टी भित्र छलफलमा लैजान अध्यक्ष प्रचण्डले सहमति जनाए पछि विवाद मिल्न लागेको हो ।
सम्मेलनवाट असन्तुष्ट बन्नुभएका भट्टराई लगायत नेताहरु पनि केन्द्रिय समितिको बैठकमा सहभागी हुने स्थिति बन्दै गए पछि आज अध्यक्ष पुष्पकमल दाहाल र डा. भट्टराई विच थप छलफल गरिने प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो ।
हिजो अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको नेता डा भट्टराईसहित केन्द्रीय कार्यालयको बैठकमा सबै असन्तुष्ट पक्षलाई मिलाएर जाने विषयमा प्रारम्भीक र सैदान्तिक सहमति भएपछि केन्द्रीय समितीको बैठक भोलीको लागी सारेर नेताहरु थप छलफलमा जुटेका हुन ।
लाजिम्पाटमा भएको छलफलमा पार्टी पदाधिकारी, स्थायी, पोलिटब्युरो र केन्द्रीय समितिमा नेता डा भट्टराई पक्षका नेतालाई सम्मान जनक स्थान दिने सहमति भएको थियो । बैठकमा नेता डा भट्टराईले साङगठनिक, सैदन्तिकलगायत विषय समेटिएको सातबुादे आधारपत्र अध्यक्ष दाहाललाई बुझाउनुभएको थियो ।