संबिधानसभाको बैठकमा आज पनि प्रतिवेदनमाथि सभासदहरू बोल्ने

sambidhan shavaजेठ ४, काठमाडौ–संबिधानसभाको बैठक आज बस्दैछ । आजको बैठकमा पनि संविधानसभाअन्र्तगत संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समितिले प्रस्तुत गरेको प्रतिवेदनमाथि सभासदहरूले बोल्ने क्रम रहेको संसद सचिवालयका प्रबत्ता मुकुन्द शर्माले जानकारी दिनुभयो । यस अघिको संबिधानसभाको बैठकमा सभासदहरुले अघिल्लो संविधानसभाका प्राकृतिक स्रोत, आर्थिक अधिकार, राजस्व बाडफाड समिति र राष्ट्रिय हित संरक्षण समितिका प्रतिवेदनको संविधानको प्रारम्भिक मस्यौदा प्रतिवेदनमा भएका सहमतिको निक्र्यौलसम्बन्धी प्रतिववेदनमा आफ्नो धारणा प्रस्तुत गरेका थिए । बैठक दिउसो १ बजे बस्न्े संसद सचिवालयले जनाएको छ ।