विशेष समितिका आफ्ना सदस्यहरुसग एमालेले आज छलफल गर्ने

cpn umlजेठ ४, काठमाडौ–संसदीय सुनुवाइ विशेष समितिमा रहेका आफ्ना सदस्यहरुसग नेकपा एमालेले आज छलफल गर्ने भएको छ ।
सर्वोच्च अदालतका लागि न्यायपरिषद्ले गरेको ८ जना न्यायाधीश सिफारिस सम्बन्धी विवादमा प्रभावकारी भूमिका खेल्न आग्रह गर्दै नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई २५ केन्द्रिय सदस्यले ज्ञापन पत्र बुझाएका थिए । त्यसैको सुनुवाइ गर्दै आज पार्टी नेतृत्व र समितिमा रहेका सभासद्हरुबीच छलफल हुन लागेको हो ।
एमाले सचिव शंकर पोखरेलले न्यायपरिषदको सिफारिसका विषयमा संसदीय सुनुवाइ समितिमा रहेका सदस्यहरुले असन्तुष्टि देखाएकाले उनीहरुसग अनौपचारिक छलफल गर्ने कार्यक्रम रहेको बताउनु भयो । उहांले संसदीय सुनुवाइ विशेष समितिको समितिको बैठक सकिएपछि छलफल हुने जानकारी दिनुभयो । पार्टी उपाध्यक्ष बामदेव गौतमले न्यापरिषदको सिफारिस जस्ताको तस्तै पारित गर्न निर्देशन दिएपछि पच्चीस जना केन्द्रीय सदस्यहरुले अध्यक्ष खनाललाई हस्ताक्षर बुझाएका हुन् ।