प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादीसंग छलफल गर्दै

जेठ ४, काठमाडौ–प्रधानमन्त्री सुशील कोइरालाले एकीकृत नेकपा माओवादीसंग छलफल गर्दै हुनुहुन्छ । अहिले केहीबेरपछि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु हुने बैठकमा न्यायपरिषद्ले सिफारिस गरेका आठ जना न्यायाधीशको नियुक्ति र संसद अधिवेशन सुचारु गर्ने विषयमा छलफल हुने कोइरालाका प्रेस सहयोगी प्रकाश अधिकारीले जानकारी दिनु भएकोछ । यसैगरि २६ जना सभासद मनोनयनका विषयमा पनि कुरा हुने बताइएको छ ।
प्रधानमन्त्री कोइरालाले हिजो राप्रपा अध्यक्ष सूर्यबहादुर थापा, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, नेकपा मालेका महासचिव सिपी मैनालीसांग छुट्टाछुट्टै छलफल गर्नु भएको थियो ।