जेठ ३, विराटनगर– विराटनगरमा तिन हप्तादेखी महामारीको रुपमा फैलिएको कमलपित्त रोग नियन्त्रणमा आउन थालेको छ । रोग नियन्त्रणका लागि सरकारी तथा विभिन्न गैरसरकारी सङ्घसंस्थाले सक्रियता देखाएपछि विराटनगर क्षेत्रमा फैलिएको कमलपित्त रोग क्रमश नियन्त्रणमा आउन थालेको हो । स्थानीयस्तरमा रोगबारे जनचेतना एवम् प्रचारप्रसार अभियानलाई तीव्र बनाएपछि रोग नियन्त्रणमा आउन थालेको जिल्ला स्वास्थ्य कार्यलय मोरङले जनाएको छ । हालसम्म विराटनगरस्थित कोसी अञ्चल अस्पताल लगायतका अन्य अस्पतालमा ५२ जना कमलपित्तका बिरामी उपचारका लागि गएकोमा १९ जना अस्पतालमा भर्ना भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले उपलब्ध गराएको तथ्याङ्कमा तीन हप्ताको अवधिमा कमलपित्त रोगका कारण १० जनाको मृत्यु भएको उल्लेख छ भने निजी नर्सिङ होमले मृत्यु हुनेको सङ्ख्या १५ भन्दा बढी हुन सक्ने जनाएको छ । यसैविच, कमलपित्त रोग नियन्त्रणका लागि आज विराटनगरका विभिन्न वडामा पियुष तथा पानी निर्मलीकरण गर्ने औषधि वितरण गरिएको छ । रोग नियन्त्रणका लागि विराटनगर वडा नं १६ देखि २२ सम्मका सात वडामा घरदैलोमार्फत औषधि वितरण गरिएको हो । नेपाल खानेपानी संस्थानले सात हजार पियुष तथा २५ हजार एक्वाट्याप नामक ट्यावलेट उपलब्ध गराएको हो ।
अन्तरबार्ता
समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ- पिंकी गुरुङ

चैत २६ काठमाडौं – पिंकी गुरुङ अहिले निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष छन् । उनी तेस्रो लिंगी व्यक्तिहरुको पहिचान र अस्तित्वको लागि
विचार
प्रशासनिक तत्परता र सक्रियता

डा.दामोदर रेग्मी चैत ३१, काठमाडौं – सरकारी सेवा प्रवाहको मूल अंगको रुपमा रहेको प्रशासन विज्ञ, व्यवसायिक, क्षमतावान व्यक्तिहरुको समुह तथा राज्यको स्थायी संयन्त्र
‘प्रदुषणको असर दीर्घरोगी र दम रोगीलाई बढी’

चैत २७,काठमाडौं – वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् । आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी