योजना आयोगले पूर्णता पायो

जेठ ३, काठमाडौ–हिजो वसेको मन्त्रिपरिषद्को बैठकले सात जनालाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको छ । आयोगका सदस्यमा डा भारतेन्द्र मिश्र, डा विमला राई, डा चन्द्रमणि अधिकारी, डा गोविन्द नेपाल, डा यज्ञबहादुर कार्की, डा प्रेमप्रसाद दङ्गाल र डा स्वर्णीम वाग्लेलाई नियुक्त गर्ने निर्णय गरेको कानुन, न्याय तथा संविधानसभा मामिला मन्त्री नरहरि आचार्यले जानकारी दिनुभयो ।
आयोगको उपाध्यक्षमा भने यसअघि नै डा गोविन्द पोखरेल नियुक्त भइसक्नुभएको छ । यसैगरि बैठकले काठमाडौमा दु्रतगतिमा विकास भइरहेको हाउजिङ कम्पनीमा देखिएका समस्याको जााचबुझ गरी समस्या निराकरण गर्न कुमार लोहनीको संयोजकत्वमा आवास जाचबुझ आयोग गठन गर्ने निर्णय समेत गरेको छ । त्यस्तै बैठकले नेपाली सेनाको प्राविधिक उपरथीमा लोकसेवा आयोगबाट हुने नियमित नियुक्ति गर्नुका तथा नेपाल औषधि लिमिटेड सञ्चालन गर्ने निर्णय समेत गरेको मन्त्री आचार्यले जानकारी दिनुभयो ।