एनपिएमा आज पनि दुई खेल

जेठ ३, काठमाडौ–नेपाल प्रिमीएर लिग क्रिकेट एनपिएल प्रतियोगिता अन्तर्गत आज पनि दुई खेल हुने भएको छ । धनगढीमा पञ्चकन्या तेज र विशाल ग्रुप वारीयर्स तथा महेन्द्रनगरमा सगरमाथा लेजेन्ड्स र कान्तिपुर गोर्खाजबीच खेल हुने भएको हो । त्यसैगरी हिजोको खेलमा कान्तिपुर गोर्खाज र पञ्चकन्या तेज विजयी भएका थिए । धनगढीमा भएको खेलमा बसन्त रेग्मी नेतृत्वको कान्तिपुर गोर्खाजले कलर्स एक्स फ्याक्टरलाई १ सय ८४ रनले पराजित गरेको थियो । यस्तै कञ्चनपुरमा भएको खेलमा पञ्चकन्या तेजबाट जगदम्बा जायन्ट्स २६ रनले पराजित भएको थियो । २ सय ६ रनको लक्ष्य पछयाएको जगदम्बाले ३७ ओभर १ बलमा १ सय ७९ रनमात्र बनाउन सकेको थियो ।