पेट्रोलियम पदार्थको अनुगमन, केहीमा मट्टीतेल फेला

जेठ ३, रुपन्देही–प्रहरीले रुपन्देहीको पडसरी वडा नम्बर १ र मधवलीया ३ बाट डिजेल चोरीमा संलग्न १९ वटा ट्याङकरमा भएको पेट्रोलियम पदार्थको अनुगमन सुरु गरेको छ ।
सुक्रवार देखी जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी विक्रम सिंह थापाको नेतृत्व र अनुसन्धान अधिकृत प्रदिपबहादुर क्षेत्रीसहितको टोलीले ट्याङकरमा भएको पेट्रोलियम पदार्थको नापजाच सुरु गरेको हो ।
नापजाचका क्रममा पेटोलियम पदार्थ नभएको भनिएको ट्यांकरमा मट्टीतेल फेला परेको अनुगमन टोलीले जनाएको छ । हालसम्म ६ वटा ट्यांकरमा गरिएको अनुगमनका क्रममा पिंकी जयसवाल र प्रिती जयसवालको नाममा रहेको लु १ ख ८२८२ नम्बरको ट्यांकरको ४ वटा च्याम्बर मध्य ३ वटा च्याम्बरमा मट्टीतेल