सदस्य–सचिव युवराज लामा पदमुक्त

yuba raj lama जेठ २, काठमाडौ– राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामा लगायतका ६ सदस्यलाई युवा तथा खेलकुद मन्त्रालयले  पदमुक्त भएका छ । मन्त्रिस्तरीय बैठकको निणर्य अनुसार युवा तथा खेलकुद मन्त्रालयले सदस्यसचिव लामा लगायत कोषाध्यक्ष इन्द्रबहादुर थिङ, सदस्यहरु मुकुन्द पहरी, पहलसिंह घर्तीमगर, कुसुम कुमारी श्रेष्ठ र नम्बर शेर्पाकोलाईपदावधी गत भदौ २५ गते नै सकिएको दावी गरेको  छ ।
परिषदमा तत्कालका लागि युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता चुडामणि पौडेल निमित्त सदस्यसचिवमा नियुक्त भएका छन् । मन्त्रालयले खेलकुद परिषदको जिम्मेवारीबाट मुक्त हुन र सदस्यसचिवको हैसियतमा कुनैपनि अख्तियारी नलिन जानकारी गराउदै युवराल लामालाई पत्र काटेको छ । विधि अनुसार आफू २०७२ साल जेठ २६ गतेसम्म परिषदको सदस्यसचिव रहने लामाको दाबी छ ।