भ्रमणकालागि सभासद्लाई निम्तो नदिन कुटनीतिक नियोगलाई आग्रह

जेठ २, काठमाडौ–suvash chandra nemwangसंविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले आज कुटनीतिक नियोगका प्रमुखहरुसग सामूहिक छलफल गर्नु भएको छ । दलका शीर्ष नेताहरु र सभासद् संविधान निर्माणको प्रक्रियामा सहभागि हुन छाडेर विदेश भ्रमणमा जान लागेपछि त्यसलाई रोक्न सभाध्यक्ष नेम्वाङले कुटनीतिक पहल थाल्नु भएको हो । गत मंगलबार बसेको संविधानसभाको वैठकमा समेत सभाध्यक्ष नेम्वाङले विदेश भ्रमण र जिल्ला समेत नजान आग्रह गर्नुभएको थियो ।
आज नेपालस्थित कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधीलाई बोलाएर सभाध्यक्षले विदेश भ्रमणकालागि सभासद् तथा नेताहरु निम्तो नदिन र भिसा पनि उपलव्ध नगराउन आग्रह गरेको संविधानसभा सचिवालयले जनाएको छ ।