आन्दोलनका घाइते, सानेपामा अनसन

जेठ २, काठमाडौ–विभिन्न आन्दोलनमा सहभागि भएकाहरुले सानेपा स्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा अनसन जारी राखेका छन् । सहिद तथा घाइते सरोकार नागरिक समन्वय केन्द्रका सहअध्यक्ष भोजराज गौतमको नेतृत्वमा विभिन्न आन्दोलनका घाइते, बेपता तथा राजनीतिक पीडितहरूले १८ बुादे मागहरू राख्दै अनसन थालेका हुन ।
अनशनमा २००७ सालदेखि २०६२/०६३ सम्मका आन्दोलनमा लागेका पीडित व्यक्तिहरू मदन भुजेल, भक्तबहादुर रजाली, यमबहादुर टमटा, कुलबहादुर खत्री र हेमबहादुर विश्वकर्माको सहभागीत रहेको छ । सहिद परिवार तथा विभिन्न आन्दोलनका पीडितहरूसाग पटक–पटक गरिएका सम्झौता कार्यान्वयन गरिनुपर्ने, घाइतेको दीर्घकालीन उचित व्यवस्थापन गर्न घाइते तथा पुन:स्थापना मन्त्रालय गठन गर्ने जस्ता माग राखेका छन् । अनशनमा बसेकाहरूले राखेका मागहरूलाई यथाशक्य छिटो पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालासमक्ष पुर्‍याउने कााग्रेस मुख्य सचिव ऋषिकेश तिवारीले जानकारी दिनुभयो ।