खोरेत रोगको भाइरस पत्ता लगाउन नमुना सङ्कलन

जेठ २, चितवन– चितवनसहित देशका ४२ जिल्लामा फैलिएको खोरेत रोग नियन्त्रणका लागि भ्याक्सिन बनाउन अस्ट्रेलियाका वैज्ञानिकहरूले नेपालका विभिन्न क्षेत्रबाट नमुना सङ्कलन गरेका छन् ।
खोरेतका कारण धेरै गाईभैंसी मरेपछि अस्ट्ेरलिया सरकारले खोरेतको भाइरस पत्ता लगाई त्यसलाई नियन्त्रण गर्ने भ्याक्सिन नेपाललाई सहयोग गर्न लागेको हो ।
गाईभैसीमा लाग्ने खोरेतको भाईरस सात प्रकारको हुने भएको र नेपालमा पाइएको भाइरसअनुसार लगाउने भ्याक्सिन नभएको चिकित्सकहरूको भनाइ छ । जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख डा रामकुमार कार्कीले अष्ट्रेलियाबाट आएको चिकित्सकको टोलीले पिठुवा गाउा विकास समितिका विभिन्न फार्महरूबाट खोरेत रोगको सङ्क्रमण भएका गाईभैंसीको नमुना सङ्कलन गरी अध्ययनका लागि लगेको बताउनुभयो । सामान्यतया गर्मी समयमा बढी फैलिने खोरेत जाडो समयमा देखा परेपछि गाईभैंसी बढी मरेको कार्यालयले जनाएको छ ।