खनाल आज स्वदेश फर्कदै

jhalanathजेठ २, कमठमाडौ–दश दिने चीन भ्रमण पुरा गरि नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल आज स्वदेश फर्कने हुनु भएको छ ।
पाच बर्ष पछि चीन भ्रमणमा जानु भएका अध्यक्ष खनालले त्यहाा रहदा चिनिया कम्युनिष्ट पार्टी अन्र्तराष्ट्रिय विभागका सदस्यहरुसंग मात्रै भेटवार्ता गर्नुभएको थियो । चिनिया राष्ट्रपति सि जिङ पिङसाग भेट्ने तयारी साथ त्यस तर्फ गएपनि भेट्न पाउनु भएन । १९ सदस्यीय प्रतिनिधी मण्डलको नेतृत्व गर्दै चीन पुग्नु भएका खनालले नेपाल र चीनको दुईपक्षिय हितको बारेमा कुराकानी गर्नुभएको थियो । चीनिया कम्युनिष्ट पार्टीका अन्र्तराष्ट्रिय विभागका सदस्यहरुले तिव्बतको समस्याका बारेमा चासो प्रकट गरेका थिए । जबाफमा खनालले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनु भएको थियो ।