जातीय भेदभावको उजुरीमा प्रहरी वेवास्ता

जेठ २, , रुपन्देही–नवलपरासी स्वाठि गाविस वनकट्टीका दुई दलित महिलाले जातीय छुवाछुत सम्बन्धि उजुरी दर्ता गरेको एक महिना वितिसक्दा पनि प्रहरीले कारवाही नगरेको गुनासो गरेका छन् । ब्रहमकुमारी इश्वरीय विश्वविद्यालयको इकाई सञ्चालन गरि बस्दै आएका मनमायाा परियार र लक्ष्मी परियारले तल्लो जात भनि गाली गलौज र अपमान गरेको भनि गत चैत २४ गते जिल्ला प्रहरी कार्यालयमा जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन २०६८ अनुसार कारवाही गरि पाउा भनि उजुरी दर्ता गरेका थिए । उजुरी दर्ता भएको ३९ दिन वितिसक्दा पनि प्रहरीले कुनै पनि प्रकृया नथाल्दा असुरक्षित भएको पिडितहरुको भनाइ छ ।
प्रहरीले जातीय छुवाछुतको घटनालाई संवेदनशिल रुपमा लिनुपर्ने सरकारी निर्देशन रहेपनि विभिन्न वाहना बनाएर कारवाही प्रकृया अगाडि बढाएको छैन् ।
स्वााठीका स्थानीय निमबहादुर शाही र यमप्रसाद पाण्डे सहित १२ जना विरुद्ध प्रहरीमा उजुरी परेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक विष्णुहरी गौतमले आफुहरुले पटक पटक सुनवल इलाका प्रहरी कार्यालयलाई पक्राउ गरि कारवाही प्रकृयामा ल्याउन निर्देशन दिएपनि निर्देशन नमानेको बताउानुभयो । प्रहरी प्रमुखले निर्देशन नमानेको भनेपनि किटानी परेकाहरुलाई कारवाही प्रकृया अहिलेसम्म थालिएको छैन् । पिडितहरुले पटक पटक प्रहरीलाई गुहार्दा पनि सुनुवाई नगरेको पिडित मनमायाा परियारले दु:खेसो पोख्नुभयो । उहााले आफुहरुलाई केटाकेटी लगाएर आश्रमा ढुङगा हान्न लगाउने, आश्रमभित्र रहेका आप, लिचि र फलफूल टिपेर जिस्काउने काम भइरहेको बताउनुभयो । उहाका अनुसार आरोपितहरु प्रहरी कार्यालयमै आउने जाने गरेका छन् ।

राष्ट्रिय दलित आयोग, राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रिय कार्यालय बुटवलले समेत जातीय भेदभाव सम्बन्धि उजुरी दर्ता भएकाले तुरुन्त कारबाही गर्न र घटनाको बारेमा के भइरहेको छ भनेर पत्राचार भएको छ । तर पनि प्रहरीले प्रकृया शुरु भएको छ भनेर जवाफ पठाएको पाइएको छ । राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रिय कार्यालय बुटवलका मानव अधिकार अधिकृत चन्द्रकान्त चापागाइले जातीय रुपमा भेदभाव गर्न नपाइने र यस्तो संवेदनशिल घटनामा प्रहरीले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आफुहरुसंग पनि पिडितको गुनासो आएको बताउनुभयो । उहाले एक चरणमा पत्रमार्फत जानकारी लिएको बताउदै अब विस्तृत जानकारी लिइने जानकारी दिनुभयो ।

चैत १३ गते दुई जना महिलालाई तल्लो जात भन्दै गाली बेइज्जती र निकृष्ट शब्द प्रयोग गरि गाली बेईज्जती गरेको पिडितहरुको जाहेरीमा उल्लेख छ । १८५ नम्बरमा उजुरी दर्ता भएको हो । प्रहरी उपरीक्षक गौतमले एकपटक फेरी सुनवल प्रहरीलाई निर्देशन दिने र त्यसो हुन नसके जिल्लाबाटै खटिएर एकसाताभित्र  कारवाही गर्ने बताउनुभएको छ ।

नेपालमै पहिलोपटक १२ जना विरुद्ध जातीय भेदभाव कसुर र सजाय ऐन अनुसार उजुरी दर्ता भएको यो पहिलो घटना हो । ऐन अनुसार दोषी प्रमाणित भए ३ महिनादेखि तीन बर्षसम्म कैद र एक हजार देखि २५ हजार रुपैयासम्म जरिवाना हुनेछ । भगवती सामुदायिक बनको करिब १० कठ्ठाको क्षेत्रफलमा फैलिएको उक्त क्षेत्रमा बर्षोदेखि बस्दै आएका उनीहरुलाई यसअघि पनि दुर्गामन्दिरको नाममा पटक पटक दुई महिलालाई अपमान गर्दै आश्रम छाड्न दवाव दिने गरेका थिए ।

दलित आयोगद्धारा अनुगमन

राष्ट्रिय दलित आयोगले यो घटनाको स्थलगत अध्ययन गरेको छ । आयोगका सदस्यद्धय सन्तोष परियार र श्रीबहादुर पासीले स्थलगत अध्ययन र प्रहरी प्रमुखहरुसंग छलफल गरि कारवाही प्रकृयामा ढिलाई भइरहेको बारेमा बुझेको हो । आयोगका सदस्य सन्तोष परियारले राजनितिक दवाव र दलितको मुद्धाको बिषयमा प्रहरीले चासो नदेखाएको पाईएको बताउनुभयो ।
विहिबार परासीमा पत्रकार सम्मेलन गरि जातीय छुवाछुतको घटनालाई प्रहरी प्रशाशनले ३९ दिन वित्दासमेत किटानी जाहेरी दिएकाहरुलाई कारवाही नथालेको भन्दै आपत्ति जनाउनुभयो । बुधबार स्वााठीमा घटनाको सत्यतथ्य बुझ्न जादा आफुहरुलाई समेत स्थानीय प्रेम गुरुङको निर्देशनमा ढुङगा मुढा प्रहार भएको बताउनुभयो ।

“हामीलाई त ढुङगा प्रहार भयो पिडितलाई कस्तो होला ?” उहाले भन्नुभयो । उहाले प्ररी प्रमुखले एक हप्ताभित्रमा पक्राउ गरि कारवाही गर्ने प्रतिबद्धता जनाएको बताउादै एक हप्ताभित्रमा कारबाही नभए सवोच्चमा मुद्धा लैजाने बताउनुभयो ।

  • विनोद परियार, रुपन्देही