एमाओबादीको केन्द्रीय समितिको बैठक वस्दै

ucpn maobadi flagजेठ २, काठमाडौ–एकीकृत नेकपा माओवादीको केन्द्रीय कमिटिको बैठक आज दिउसो ३ बजेपछि पार्टी कार्यालय पेरीसडांडामा बस्ने भएको छ । बैठकले पार्टीको केन्द्रीय समिति बिस्तार र नेकपा माओबादीसाग हुने एकताका बिषयमा छलफल गर्नेछ ।
विराटनगर सम्मेलनको वन्दसत्रवाट वाहिरिनु भएका डा बाबुराम भट्टराई र उहां पक्षका नेताहरु भने बैठकमा उपस्थीत नहुने भएका छन । आजको बैठकमा डा. भट्टराईलाइ सहभागी गराउन पार्टी अध्यक्ष प्रचण्डले हिजो दिनभर प्रयास गरेपनि दुई नेताबिच सहमति हुन नसकेपछि भट्टराई बिना नै आजको बैठक बस्न लागेको हो ।
केन्द्रीय कमिटिको बैठक बस्नु अघि आज बिहान देखिनै केन्द्रीय पदाधिकारीहरुको बैठक बसीरहेको छ । पदाधिकारी बैठकमा भट्टराई पक्षधर नेताहरुलाई बैठकमा सहभागी गराउने प्रयास भईरहेको बताईएको छ । यता नेता डाक्टर बाबुराम भट्टराईले भने अहिलेकै अवस्थामा केन्द्रीय समितिमा नबस्ने बताउादै आउनु भएको छ । नेता भट्टराईलाई सहमत गराउन नसक्दा संसदीय दलको उपनेता चयन हुन सकेको छैन भने सचेतक पनि छानिएको छैन ।