श्रम स्वीकृतिकालागि एमआरपी अनिवार्य

जेठ १, काठमाडौ–वैदेशिक रोजगार विभागले आजदेखि मेसिन रिडेबल पासपोर्ट एमआरपी अनिवार्य बनाएको छ ।

रोजगारीका लागि विदेशिने नेपालीहरुले यसअघि हस्त लिखित पासपोर्टबाट पनि श्रमस्वीकृति पाउने गरेका थिए । अन्तर्राष्टिय नियम अनुसार आजबाट यो व्यवस्था लागू गरिएको हो ।

हस्तलिखित राहदानी भएकाले रोजगारीमा जान श्रम स्वीकृति नपाउने वैदेशिक रोजगार विभागका प्रमुख कृष्णहरि पुस्करले जानकारी दिनुभयो ।

भिसा लागिसकेका र पुन: श्रम स्वीकृतिका लागि एमआरपी बनाउन निवेदन दिएकाहरुलाई भने केही समय हस्तलिखित राहदानीबाटै श्रम स्वीकृति दिइनेछ ।