सरकारको विकल्प खोज्ने बेला भएको छैन – भट्टराई

जेठ १, काठमाडौ–एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले अहिले नै सरकारको विकल्प खोज्ने बेला नभएको बताउनुभएको छ ।
एमाओवादीको विराटनगर सम्मेलनले सरकार प्रभावकारी रुपमा अघि बढ्न नसकेको निष्कर्ष निकालेपनि नेता भट्टराईले भने सरकारको विकल्प खोज्ने बेला नभएको
बताउनुभएको हो ।
एक संचारमाध्यमसंग विशेष कुरा गर्दै नेता भट्टराईले सरकार बदल्ने भन्दा पनि संविधान बनाउने कुरामा केन्द्रीत हुनुपर्ने बताउनुभयो । उहााले संविधान बनेपछि नयाा प्रक्रियामा जाादा मात्र सरकारका बारेमा सोाच्ने स्पष्ट पार्नुभयो ।
नेता भट्टराईले सर्वोच्च अदालतले राजनीतिक क्षेत्रमा हात हालेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।
उहााले अध्यक्ष दाहालसाग कार्यदिशामा केही फरक मत भएपनि संगठन बलियो बनाउने विषयमा एकमत भएको बताउनुभयो ।
भट्टराईले पार्टीभित्र देखिएको विवाद विशेष महाधिवेशनबाट मात्र हल हुने बताउनुभयो । उहााले एमाओवादी अध्यक्ष दाहालप्रति संकेत गर्दै मूल नेतृत्व नै गुटको नेता जस्तो देखिएकाले विकृति देखिएको आरोप लगाउनुभयो ।